काठमाडौं । ज्योति विकास बैंक लि. ठमेल शाखाको आयोजना तथा मनि चेन्जर एसोसियसनको सहकार्यमा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाको प्रमुख अथिति सम्पन्न उक्त कार्यक्रममा काठमाडौंमा रहेका मनि चेन्जर व्यवसायका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक रामप्रसाद गौतम र सहायक निर्देशक माधव पोखरेलद्वारा विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा जानकारी गराइयो । त्यसैगरी विदेशी विनिमय प्रमुख भिष्मराज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशन बारे बताउनु थियो । कार्यक्रममा मनि चेन्जर एसोसिएसनका पदाधिकारी तथा सहभागीले राखेको जिज्ञासा बारे प्रमुख अतिथि तथा अतिथिहरुले प्रष्ट पार्नु भएको थियो ।
सो अवसरमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ज्योति विकास बैंक विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न ठमेलमा शाखा विस्तार गरिएको वताउनु हुँदै प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि ज्योति विकास बैंकमा कारोवार गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्या बारे जानकारी गराउँदै समाधानका निम्ति आग्रह गर्नुभयो ।
निकट भविष्यमा नै बैंकले ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिएको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे बैंकले जानकारी दिएको छ ।
आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सी आश्वा तथा एबीबीएस सेवा समेत उपलब्ध गराउँदै आएको छ ।
हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु. २ अर्व ५९ करोड कायम रहेको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले जानकारी दिनुभयो ।