२०८३ साउन ९ शनिबार

सुर्खेतको जन माविमा ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर

ई आर्थिक    सोमबार, जेष्ठ ७ २०७५
3.1K
Shares
सुर्खेतको जन माविमा ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । ज्योति विकास बैंकले सुर्खेत स्थित जन माध्यामिक विद्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमका बिच उक्त काउण्टरको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

निकट भविष्यमा नै बैंकले ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ ।

आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सी आश्वा तथा एबीबीएस सेवा समेत उपलब्ध गराएको छ ।

त्यसैगरी बैंकले हालै आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij