२०८३ साउन ९ शनिबार

जनता बैंकको शाखा सप्तरीको रुपनीमा

ई आर्थिक    आइतबार, जेष्ठ ६ २०७५
4.7K
Shares
जनता बैंकको शाखा सप्तरीको रुपनीमा

काठमाडौं । जनता बैंकको शाखा सप्तरीको रुपनीमा खोलिएको छ । सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं. १ मा रहेको यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीति अनुसार खोलिएको हो ।

सप्तरी जिल्लाको ग्रामिण क्षेत्रका साविकका ६ गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ । साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबन स्तर सहज बनाउन सक्नेछन् भन्ने बैंकले अपेक्षा लिएको छ ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij