बुधबार, २ जेठ २०७५, काठमाडौं । मकालु एयरको बिमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त भएको छ। मकालु एयरको 9N AuJ कलसाइन उक्त विमान सुर्खेत विमान स्थलबाट बिहान ६ः१२ बजे हुम्लाको सिमिकोटको लागि उडेको थियो ।
११ सय ७० किलो कार्गो बोकेर उडेको उक्त बिमान बिच बाटोमै दुर्घटनाग्रस्त हुन पुगेको बुझिएको छ । प्रहरीले दिएको जानकारी अनुसार बाजुराको उत्तर पश्चिमि क्षेत्र हिलाचौरमा बिमान दुर्घटनाग्रस्त भएको भनिए पनि भएको यकिन खबर प्राप्त भएको छैन ।
सो विमानमा पाइलट किरण भट्टराइ र कोपाइलट आदित्य नेपालीमात्र सवार रहेको बुझिएको छ ।
बिहान ६ः५५ मा सिमिकोट विमानास्थल पुग्नु पर्ने ‘सेड्युल’ उडेको सो बिमान ६ः४५ बजे नै सम्पर्क विहिन भएको थियो।
विमान दुर्घटनाको जानकारी प्रहरीलाई स्थानीले दिएका थिए । अहिले प्रहरी घटनास्थल तर्फ गइरहेका छन् । विमान के कति कारणले क्षति दुर्घटनामा प¥यो ? क्षति के कति भयो भन्ने बारेमा जानकारी आउनु बाँकी रहेको सुर्खेत प्रहरीले जानकारी गराएको छ ।