२०८३ साउन १० आइतबार

विश्व बैंकद्वारा सत्ताइस अर्ब सहयोग

ई आर्थिक    बिहिबार, बैशाख २७ २०७५
4.4K
Shares
विश्व बैंकद्वारा सत्ताइस अर्ब सहयोग

काठमाडौँ, २७ वैशाख : विश्व बैंकले वित्तीय तथा सार्वजनिक वित्त व्यवस्थापन विकास नीति र रानी जमरा कलरिया सिँचाइ परियोजना कार्यान्वयन गर्न रु २७ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय निर्देशक चिमाओ फ्यान र अर्थ मन्त्रालयका सचिव राजन खनालले सो ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त रकमको आधाभन्दा बढी भाग बजेटरी सहायता र बाँकी रकम सिँचाइ परियोजनामा उपयोग गरिनेछ । आगामी फागुन अन्त्यसम्म उक्त सम्झौता लागू हुनेछ । रानी जमारा (दोस्रो चरण) सिँचाइ आयोजना भने आगामी पाँच वर्षसम्म जारी रहनेछ ।

हस्ताक्षर समारोहमा सचिव खनालले नेपालको सामाजिक तथा आर्थिक सहयोगमा विश्व बंैकबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार प्रकट गर्नुभयो ।

देशी निर्देशक चिमाओले संघीयतामा भर्खरै प्रवेश गरेको नेपालका वित्तीय आवश्यकता पूरा गर्न बैंकले उक्त सहायता प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij