२०८३ साउन १२ मंगलबार

२४ घण्टा नवित्दै फेरि दुई कर्मचारी घुस सहित पक्राउ

ई आर्थिक    मंगलबार, चैत्र २७ २०७४
2.3K
Shares
२४ घण्टा नवित्दै फेरि दुई कर्मचारी घुस सहित पक्राउ
काठमाडौं । घुस लिदा लिदै पक्राउ परेको २४ घण्टा नवित्दै फेरि दुई कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत कार्यालय सुर्खेतमा कार्यरत दुई कर्माचारी आज पक्राउ परेका हुन।

हिजो मात्र काठमाडौंको बुढानिलकण्ठबाट प्रमुख कार्यकारी र इन्जिनियर घुस लिंदा लिदै रंगेहात पक्राउ परेका थिए । उनीहरुको साथबाट अख्तियारले ५ लाख नगद सहित दुई थान सवारी बरामत गरेको थियो ।

मालपोत कार्यालय सुर्खेतका मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा दुई लाख रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जानकारी दिएको छ ।

मोहीबापत प्राप्त हुने जग्गाको नियमानुसार हुने कामलाई नगरी दुःख हैरानी दिएको साथैै काम छिटो छरितो गरी दिने भन्दै रु दुई लाख मागेपछि विशेष सूचनाका आधारमा आयोगको टोलीले सो रकमसहित दुबै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij