२०८३ साउन ९ शनिबार

भारतद्वारा सञ्चार उपग्रहको सफलतापूर्वक स्थापना

ई आर्थिक    बिहिबार, चैत्र १५ २०७४
4.4K
Shares
भारतद्वारा सञ्चार उपग्रहको सफलतापूर्वक स्थापना

बिहिबार, चैत्र १५, २०७४, नयाँ दिल्ली / भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् ।

राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था,इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट भेहिकलले जीसैट (६ए) लाई दक्षिणी अन्तरिक्ष स्टेसन श्रीहारिकोटाबाट स्थानीय समय अनुसार अपरान्ह् ४ बजेर ५६ मिनेटको समयमा प्रक्षेपण भएको थियो ।

प्रक्षेपण गरिएको २० मिनेटमा सञ्चार उपग्रह निश्चित स्थानमा पुगेको एक भारतीय अन्तरिक्ष अधिकारीले बताए । “उपग्रहलाई आफ्नो कक्षमा सफलतापूर्वक स्थापना गर्न हामी सफल भएका छौँ,” अधिकारीले भने ।  यससँगै सिमविना नै भारतभर मोबाइलबाट सूचनाको आदानप्रदान गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij