काठमाडौँ — दक्षिणकालीको फर्पिङमा बस पल्टिएर दुर्घटना भएको छ । दक्षिणकालीबाट काठमाडौंतर्फ आइरहेको उक्त बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी घाईते भएका छन् ।
बा१ख ९९९९ दक्षिणकाली यातायात सडकमा भएको खाल्डोका कारण अनियन्त्रित हुँदा बस दुर्घटना भएको थियो ।

ती मध्ये ४ जना जना गम्भीर घाइते भएका छन्। एकजनाको स्थिति चिन्ताजनक छ। दुर्घटनामा परेकाहरू अधिकांश दक्षिणकाली नगरपालिकाका बासिन्दा छन्। कतिपय दक्षिणकाली मन्दिर दर्शन गरेर फर्कनेहरू पनि छन्।