२०८३ साउन ९ शनिबार

राष्ट्रिय–सभाको अध्यक्षमा तिमल्सिनाले दिए उम्मेदवारी, एकल उम्मेद्वारी परेकाले अध्यक्ष बन्ने निश्चित

ई आर्थिक    सोमबार, फाल्गुन २८ २०७४
2.1K
Shares
राष्ट्रिय–सभाको अध्यक्षमा तिमल्सिनाले दिए उम्मेदवारी, एकल उम्मेद्वारी परेकाले अध्यक्ष बन्ने निश्चित

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा वाम गठबन्धनको तर्फबाट सांसद गणेशप्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा वाम गठबन्धनका तर्फबाट एमाले सांसद गणेश तिमिल्सिनाको मात्रै मनोनयन परेपछि उनी निर्विरोध निर्वाचित हुने पक्कापक्की भएको छ ।

आज दिउँसो १ बजेसम्म राष्ट्रिय सभाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गर्ने समय रहेको थियो। सो पदमा उनको मात्रै एकल उम्मेद्वारी परेको छ ।

उनी प्रदेश ४ बाट राष्ट्रिय सभाका सांसद बनेका थिए । एमालेका पोलिटव्यूरो सदस्यसमेत रहेका तिमल्सिना सो पदमा विजय हुने निश्चित प्रायः छ ।

राष्ट्रिय सभामा कुल ५९ जना सांसद रहेका छन् । ती मध्ये ५६ जनाले मात्र मतदान प्रकृयामा सहभागिता जनाउन पाउने छन् । एमालेबाट २७, कांग्रेस १३, माओवादी १२, फोरम र राजपाका २/२ जना सांसद रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij