२०८३ साउन ९ शनिबार

एयर बङ्लाको दुर्घटनाग्रस्त बिमानका ७१ मध्ये १७ जना मात्रै जिवित, मृतकको शव निकाल्ने कार्य जारी, विमानस्थल पूर्ण रुपमा बन्द, अवतरणमा आएका विमान अन्यत्रै डाइभर्ट

ई आर्थिक    सोमबार, फाल्गुन २८ २०७४
4.1K
Shares
एयर बङ्लाको दुर्घटनाग्रस्त बिमानका ७१ मध्ये १७ जना मात्रै जिवित, मृतकको शव निकाल्ने कार्य जारी, विमानस्थल पूर्ण रुपमा बन्द, अवतरणमा आएका विमान अन्यत्रै डाइभर्ट

काठमाडौं । एयर बंगलाको दुर्घटनाग्रस्त विमानबा हालसम्म १७ जना मात्रै जिवित पाइएको छ । जहाज दुर्घटनमा परेकाको शव निकालिदै छ । निकालिएको शवलाई नजिकैको रनवेमा राखिएको छ ।

दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज सिनामंगल, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।
उद्दार कार्य जारी रहेको उद्दारमा संलग्न सुरक्षाकर्मीले जानकारी दिएका छन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको एयर बंगालको विमान दुर्घटनाग्रस्त भएको थियो । विमान अवतरणका क्रममा रनवे वाहिर गएपछि उक्त जहाज दुर्घटनामा परेको हो ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो।
आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्निएको प्रत्यक्षदर्शी पेप्सीकोलाका रणबहादुर कार्कीले बताए । उक्त जहाज फेरी फर्केर घरतिरै ठोक्किएल झै यता उती गरेको उनको भनाई छ । उक्त जहाज फेरि मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिन्मा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेसँगै विमानमा धुवाको मुस्लो आएको थियो ।

यसैबिच अहिले सो विमान दुर्घटना पछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान तथा अवतरण रोकिएका नागरिक उडड्यन प्राधिकरण स्रोतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij