२०८३ साउन ९ शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बङ्लाको विमान दुर्घटनाग्रस्त, विमानमा चालक दल सहित ७१ जना यात्रु

ई आर्थिक    सोमबार, फाल्गुन २८ २०७४
2.5K
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बङ्लाको विमान दुर्घटनाग्रस्त, विमानमा चालक दल सहित ७१ जना यात्रु

काठमाडौं । बंगलादेशको ढाकाबाट काठमाडौं आएको एयर बंगालको विमान दुर्घटनाग्रस्त भएको छ । विमान अवतरणका क्रममा रनवे वाहिर गएपछि उक्त जहाज दुर्घटनामा परेको हो ।

विमानमा दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।
अवतरणका क्रममा दुर्घटनामा परेका यात्रुको उद्दार कार्य जारी रहेको छ । केहीको उद्दार गरिए पनि घटनामा के कति मानविय क्षति भयो यकिन विवरण प्राप्त हुन सकेको छैन । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी रहेको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो।
आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्निएको प्रत्यक्षदर्शी पेप्सीकोलाका रणबहादुर कार्कीले बताए । उक्त जहाज फेरी फर्केर घरतिरै ठोक्किएल झै यता उती गरेको उनको भनाई छ । उक्त जहाज फेरि मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिन्मा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेसँगै विमानमा धुवाको मुस्लो आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij