२०८३ साउन ९ शनिबार

एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक, संसदमा विश्वासको मत लिने

ई आर्थिक    शनिबार, फाल्गुन २६ २०७४
2.6K
Shares
एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक, संसदमा विश्वासको मत लिने

काठमाडौँ, २६ फागुन । पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आइतबार बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक मध्याह्न १२ः३० बजे बस्नेछ ।

संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् । संयुक्त बैठकपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । अपराह्नपछि हुने विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकले आग्रह गर्ने जनाइएको छ ।

विश्वासको मतदानमा मधेश केन्द्रित दल पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिने विश्वास गरिएको छ । त्यसका लागि राजपाले प्रधानमन्त्री ओलीको पक्षमा सहयोग गर्ने बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij