काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले काठमाडौंको कलंकीमा शाखा स्थापना गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए ।
उक्त शाखा उद्घाटन गर्दै प्रमुख अतिथी महेश्वरलाल श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकिङ्ग पहुँच नपुगेका स्थानीय क्षेत्रमा समेत शाखाहरु विस्तार गर्न लागेको जानकारी पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले काठमाण्डौं महानगरपालिका वडा नं. १४, कलंकीमा बैंकिङ्ग सेवा विस्तार गरिएको र यसको प्रगतिको लागि यहाँका स्थानियहरुबाट सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको भन्दै सम्पूर्ण आमन्त्रित महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफ्नो स्वागत मन्तव्य व्यक्त गर्दै यस बैंकले नेपाल राष्ट्र बैंकले तोके बमाजिम देशका अन्य क्षेत्रमा समेत शाखा खोल्ने निर्णयका साथ प्रक्रिया अगाडि वढिसकेको जानकारी दिए । यस क्षेत्रमा मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण गरिएको हुँदा यस शाखाबाट बैंकले अन्य प्रतिस्पर्धी बैंकहरुसँग छुट्टै पहिचानका साथ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।