२०८३ साउन १० आइतबार

हेटौँडामा तीन नम्बर प्रदेश सभा बैठक सुरु, के–के हुदैछ बैठकमा ?

ई आर्थिक    बिहिबार, माघ १८ २०७४
3.7K
Shares
हेटौँडामा तीन नम्बर प्रदेश सभा बैठक सुरु, के–के हुदैछ बैठकमा ?

हेटौंडा । प्रदेश नम्बर तीनको बैठक हेटौडामा सुरु भएको छ । मुलुक संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा बिहीबार सुरु भएको हो । प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ।

पहिलो बैठकको सभामुखको भूमिकामा ज्येष्ठ सदस्य डोरमणि पौडेलले गरेका छन् । यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यसपटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बैठकको सुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाएका थिए ।

३ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेताको बुधबार साँझ बैठक बसी उक्त कार्यसूची तय गरेका थिए । पहिलो बैठकबाट प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गरिँदैछ । त्यसपछि प्रदेशसभाको नियमित काम अघि बढ्नेछ ।
यो पहिलो बैठक भएकाले पनि आम नेपालीले विशेष चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij