काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको छ । बैठक दुई पार्टीबीचको एकता र सरकार गठनबारे ठोस धारणा बनाउने विषयमा केन्द्रीत हुने बताइएको छ ।
दुबै दलको संयुक्त बैंठक अघि दुबै दलका बैठकहरु भएका थिए । उक्त संयोजन समितिको बैठक बस्नु पहिले बालकोटमै एमालेको स्थायी कमिटिको बैठक सम्पन्न भएको थियो भने माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय कार्यालय सदसस्यको बैठक भएको थियो ।
संयोजन समितिको बैठकमा एमालेका तर्फबाट अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल सहभागी छन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा वादल सहभागी रहेका छन् ।
यी दुबै दलहरु छलफललाई आम नेपालीका साथै नेपालसँग प्रत्यक्ष÷अप्रत्यक्ष चासो राख्ने विदेशी दलहरुले समेत विशेष चासोका साथ हेरेका छन ।