२०८३ साउन ९ शनिबार

टुरिजम् डेभलपमेन्ट बैंक मोरङको ग्रामथान र झापाको दमकमा शाखा कार्यालय    

ई आर्थिक    सोमबार, पौस २४ २०७४
3.9K
Shares
टुरिजम् डेभलपमेन्ट बैंक मोरङको ग्रामथान र झापाको दमकमा शाखा कार्यालय    

काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा मोरङ्ग जिल्ला स्थित ग्रामथान शाखा र झापा जिल्ला स्थित दमक शाखामा विस्तार गरेको छ । उक्त दुबै शाखाको  औपचारिक उद्घाटन समेत गरिएको छ ।

बैंकद्वारा आयोजित छुट्टाछुट्टै विशेष कार्यक्रमका बीच दुवै शाखाको गरिएको थियो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गर्न भएको थियो ।

यी दुई शाखा सँगै बैंकको शाखा संख्या ३५ र ४ एक्सटेन्सन काउन्टर गरी कुल ३९ पुगेको छ ।

साथै निकट भविष्यमा बैंकले थप १ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर थप्दै चाँडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij