काठमाडौं । खेलकुद क्षेत्रको विकासमा प्रायोजकको रूपमा उत्कृष्ट योगदान गरी नेपाल र नेपालीको गौरब बढाउन भूमिका निर्वाह गरेकाले सिटिजन्स् बैंक इन्टरनेशनल सम्मानित भएको छ । राष्ट्रिय खेलकूद परिषदद्वारा आयोजित एक भब्य समारोह बीच योर पाटर्नर फर प्रोग्रेस् भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याउँदै आएको बैंकलाई सम्मान गरिएको हो ।
सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारी उक्त सम्मान पत्र बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले ग्रहण गर्नु भएको थियो ।
नेपालको खेल जगतको विकास र प्रवद्र्धनका निम्ति बैंक सधै कटिबद्ध भएर लागि परेको बैंकले जानकारी दिएको छ । बैंकले खेल जगतको उत्थानका निम्ति हरेक वर्ष सिटिजन्स अन्तर बैंक फुटसल प्रतियोगिता, सिटिजन्स खुल्ला गल्फ प्रतियोगिता, सिटिजन्स खुल्ला टेनिस प्रतियोगिता जस्ता प्रतियोगिता गर्दै आएको छ ।
नेपाली खेलाडीहरुको मनोवल बढाउने उद्देश्यले बैंकले राष्ट्रिय व्याडमिन्टन खेलाडी नंङशल तामांगलाई खेल्नका निम्ति अनुकूल वातावरण प्रदान गरी बैंकमा कर्मचारीको रूपमा पनि नियुक्त गरेको छ ।
हाल सालै सम्पन्न प्रथम प्रधानमन्त्री क्रिकेट कपमा पनि बैंकले तीन लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । हाल आयोजना भइरहेको एभरेष्ट प्रिमियल लिगमा चितवन टाइगर्स टोलीलाई १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । यस किसिमको गरिमामय सम्मान प्राप्त गर्ने पहिलो बैंकको रुपमा सिटिजन्स बैंक इन्टरनेसनल रहेको दाबी बैंकले गरेको छ ।
भविष्यमा पनि बैंकले खेलको विकासका निम्ति निरन्तर सहयोग गर्ने कुरा बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता पोखरेलले जानकारी गराउनु भएको बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिनुभयो ।