काठमाडौं । टुरिज्म डेभलपमेन्ट बैंकले वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ्ग इन्सिटियूट, सीएमओ एवं स्टार्स अफ द इन्डष्ट्री ग्रुपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विकास बैंक समूहबाट एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१७ पाउन सफल भएको छ । यसको लागि आयोजित विशेष कार्यक्रममा अर्थ राज्यमन्त्री उदय शमशेर जबराले अवार्ड हस्तान्तरण गर्नुभयो ।

विजेताहरुको छनौट सहभागी संस्थाहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा गरिएको थियो । यस सम्मानबाट बैंकलाई हौसला प्राप्त हुनुका साथै भविष्यमा अझ राम्रो गर्नलाई थप प्रेरणा मिलेको बैंकले जानकारी दिएको छ ।