२०८३ साउन ९ शनिबार

पहिलो चरणको मतदान सम्पन्न, मुलुकभर ६५ प्रतिशत मतदान

ई आर्थिक    आइतबार, मंसिर १० २०७४
2.7K
Shares
पहिलो चरणको मतदान सम्पन्न, मुलुकभर ६५ प्रतिशत मतदान

काठमाडौँ । आज भएको पहिलो चरणको मतदान सम्पन्न भएको छ । केही बुथ कब्जा, केही मतदानस्थलमा मतदाता शून्य भएको, केही मतदान स्थलमा बम विस्फोट भएको बाहेक निर्वाचन शान्तिपूर्ण तबरमा सम्पन्न भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको उक्त निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

सबैभन्दा बढी प्रतिशत मत खस्ने जिल्ला बाजुरा भएको छ । बाजुरामा ८० प्रतिशत मतदाताले मतदान गरेका छन ।
यसैबीच मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ ।

केही उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो । त्यसैगरी बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । त्यसको तयारीमा सरकार, निर्वाचन आयोग र दलहरु लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij