२०८३ साउन ९ शनिबार

१० बजेम्म २५ प्रतिशत मतदान

ई आर्थिक    आइतबार, मंसिर १० २०७४
2.1K
Shares
१० बजेम्म २५ प्रतिशत मतदान

२o७४ मङ्सिर १० आइतबार, काठमाडौँं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान जारी छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

पहिलो चरणमा आज प्रदेश नं १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नंं ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान हुँदैछ ।  रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij