२०८३ साउन ९ शनिबार

निर्वाचनको समयमा ४ दिन विद्यालय बन्द हुने, पहिलो चरणमा ७ र दोस्रो चरणमा १८ गतेदेखि बन्द गर्न गृहलाई सिफारिस

ई आर्थिक    सोमबार, मंसिर ४ २०७४
2.9K
Shares
निर्वाचनको समयमा ४ दिन विद्यालय बन्द हुने, पहिलो चरणमा ७ र दोस्रो चरणमा १८ गतेदेखि बन्द गर्न गृहलाई सिफारिस

मंसिर ४, २०७४, काठमाडौं । नजिकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४÷४ दिन विद्यालय बन्द गर्न निर्वाचन आयोगले गृहमन्त्रालयलाई सिफारिस गरेको छ ।  अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

आयोगले गरेको सिफारिस अनुसार मंसिर १० र २१ गते हुने पहिलो र दोस्रो चरणका निर्वाचनमा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई ४ दिन बिदा दिन भनेको छ । पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ र दोस्रो चरणका क्षेत्रमा १८ गतेबाट बिदा दिन आयोगले सिफारिस गरेको छ ।

विद्यालयमै मतदान केन्द्र रहने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो । निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभएकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको आयोगको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij