२०८३ साउन ९ शनिबार

पशुपति आर्यघाटमा प्रकाश दाहालको अन्त्येष्टि, पिता प्रचण्डले नै दिए दागबत्ति

ई आर्थिक    आइतबार, मंसिर ३ २०७४
3.1K
Shares
पशुपति आर्यघाटमा प्रकाश दाहालको अन्त्येष्टि, पिता प्रचण्डले नै दिए दागबत्ति

मंसिर ३, २०७४ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहालको पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनलाई पिता प्रचण्डले दागबत्ति दिएका छन्।

प्रकाशको आइतबार बिहान उनकै निवासमा निधन भएको थियो । आइतबार बिहान नर्भिक अस्पताल पुर्‍याउनु अघि नै प्रकाशको निधन भइसकेको अस्पताल प्रशासन जानकारी दिएको छ । उनको आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले जनायो ।

चुनावी कार्यक्रमको लागि झापामा रहेका पिता काठमाडौं फर्किएर नर्भिक अस्पताल पुगेपछि मात्रै उनको निधनको खबर औपचारिक रुपमा माओवादी केन्द्र र अस्पतालले गरेको थियो । अस्पतालदेखि पेरिसडाँडा र पशुपतिसम्म नै विभिन्न पार्टीका नेता कार्यकर्ता र शुभचिन्तहरुको भीड लागेको थियो ।

त्यसपछि प्रकाशको पार्थिव शरिरलाई दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो ।

पार्टी कार्यालय पेरिस डाँडामा पार्टी अध्यक्ष तथा पिता प्रचण्डले भावुक हुँदै उनको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए ।

उनको दाहसंस्कार गरिएको पशुपतिमा पनि हजारौंको संख्यामा सर्वसाधरणको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij