२०८३ साउन १० आइतबार

साउदीमा पिडितका आफन्तद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशकको कार्यकक्ष घेराउ

ई आर्थिक    शुक्रबार, कार्तिक २४ २०७४
3.8K
Shares
साउदीमा पिडितका आफन्तद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशकको कार्यकक्ष घेराउ

कार्तिक २४, २०७४ । रोजगारीको शिलशिलामा साउदीमा गएर पीडित बनेका आफन्तहरुले वैदेशिक रोजगार विभागका महानिर्देशकको कार्यकक्ष घेराउ गरेका छन् ।

वैदेशिक रोजगारका क्रममा पीडित युवाका परिवारले ६ महिनासम्म साउदी अरेवियामा अलपत्र परेका आफन्तलाई घर फिर्ता ल्याउन सरकार उदासिन भएको भन्दै कार्यकक्षामा धर्ना दिएका हुन् ।

ललितपुरमा रहेको एस म्यानपावर कम्पनीले पठाएका चार जना युवा सात महिनादेखि साउदी अरेवियामा अलपत्र परेका छन् ।
सरकारी निकायले पीडित कामदारको पक्षमा केहीपनि गर्न नसकेको भन्दै पीडितका आफन्त आक्रोशित भएपछि विभागका कर्मचारी र पीडितका आफन्तबीच भनाभन समेत भएको थियो ।

वैदेशिक रोजगार विभागले दोषी म्यानपावर कम्पनीको कारवाही रोक्का गरेको र पीडित युवालाई स्वदेश फर्काउने तयारी भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij