२०८३ साउन ९ शनिबार

शैक्षिक भ्रमणमा लुम्बिनी हिँडेको स्कुल बस दुर्घटनाग्रस्त, ४० जना घाइते ५ को अवस्था गम्भिर

ई आर्थिक    शुक्रबार, कार्तिक २४ २०७४
2.1K
Shares
शैक्षिक भ्रमणमा लुम्बिनी हिँडेको स्कुल बस दुर्घटनाग्रस्त, ४० जना घाइते ५ को अवस्था गम्भिर

कार्तिक २४, २०७४, नवलपरासी । शैक्षिक भ्रमणका लागि लुम्बिनी हिडेको विद्यार्थीहरु रहेको बस नवलपरासी जिल्लाको सुक्रौली भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको छ । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती आधारभुत विद्यालयका विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा हिँडेको थियो । बस आज बिहान १० बजे दुर्घटनामा परेको थियो ।

सो स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् भने ५ को अवस्था गम्भीर रहेको छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि भरतपुर पठाइएको छ ।

भुमही भैरहवा सडकखण्ड अन्तर्गत रामग्राम–१५ सुक्रौलीमा बसको पट्टा भाँचिएर बस अनियन्त्रित हुँदा सडक छेउमा रहेको खाडलमा खसेको प्रहरीले जनाएको छ । सामान्य घाइतेको जिल्ला अस्पताल परासीमा उपचार भईरहेको छ । दुर्घटना लगत्तै स्थानीयले पानी जमेको खाडलबाट विद्यार्थी र शिक्षकलाई उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij