कात्तिक २०, काठमाडौं । आज सोमबार पनि नेप्से घटेको छ । कारोबार शुरु भएदेखिनै नेप्से १५ सय विन्दु मुनिदेखि कारोबार भएको छ । सोमबार (मध्यान्ह १२ बजेसम्म) नेप्से परिसूचक शून्य दशमलव ५८ प्रतिशत घटेको छ । कारोबार शुरु भएदेखि घटेको नेप्से १ घण्टाको अवधीमा ८ दशमलव ६९ अङ्क घटेर १ हजार ४ सय ८७ दशमलव ७७ विन्दुमा पुगेको छ ।
यस समयमा कारोबार भएका १ सय ४ कम्पनीको रू. ९ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ ।
एक सय पाँच कम्पनीहरुको ११ सय ७८ वटा कारोवारमा दुुई लाख ३८ हजार चार सय ५५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १० करोड १७ लाख ८२ हजार एक सय १४ रुपैयाँ पुुगेको छ ।
मध्यान्ह्सम्म आठ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचकमा एक दसमलव ५२ अंकले सुधार आएको भएपछि बाँणिज्य बैंक, बीमा, बिकास बैंक सहित सात वटा समुहको सुचक उच्च अंकले घट्दै गएका छन् ।
यसबिचमा साल्ट ट्रेडिङ कर्पोरेसनको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ६६ पैसाले बढेर दुुई सय ५५ रुपैयाँमा कारोवार भएको छ भने अपी पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य दुुई रुपैयाँ ९१ पैसाले घटेर पाँच सय रुपैयाँमा कारोवार भएको छ ।
ज्योति बिकास बैंकको संस्थापक सेयरतर्फ भने मध्यान्हसम्म एक सय ५० रुपैयाँ अन्तिम मुल्यमा ६४ लाख ८२ हजार दुुई सय ५० रुपैयाँको सेयर कारोवार भएको छ ।
जनता विकास बैङ्कको संस्थापक शेयरको प्रति कित्ता रू. १ सय ५० मा रू.६४ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका ८ समूहको परिसूचकमा व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।