असोज २३, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनलाई प्रहरीले तीन राउण्ड गोली र पेस्तोल सहित नियन्त्रणमा लिएको छ । हत्यामा संलग्न भएको आरोपमा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई बौद्ध जोरपाटीबाट पक्राउ गरिएको हो।
हत्यामा संलग्न तीनै जनालाई चाँडै सार्वजानिक गरिने प्रहरीले जानकारी दिएको छ । आन्दोलनरत निर्माण व्यवसायीलाई घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्ने आश्वसन दिए पनि व्यवसायीहरुले विरोध जुलुसलाई जारी राखेका छन् ।
यद्यपी हतियार सहित पक्राउ परेका ती तीनै जना गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।