२०८३ साउन ९ शनिबार

निर्माण व्यवसायीका नेता गौचनको गोली हानी हत्या, आन्दोलनमा उत्रिए व्यवसायीहरू, काठमाडौंमा उच्च सुरक्षा सतर्कता

ई आर्थिक    सोमबार, असोज २३ २०७४
5.3K
Shares
निर्माण व्यवसायीका नेता गौचनको गोली हानी हत्या, आन्दोलनमा उत्रिए व्यवसायीहरू, काठमाडौंमा उच्च सुरक्षा सतर्कता

आश्विन २३, २०७४, काठमाडौं । देशभरका निर्माण व्यवसायीका छाता संस्था निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरिएको छ । मोटरसाइकलमा आएका दुई सुटरले आज दिउँसो गोलि हानि हत्या गरेका थिए ।

काठमाडौंको शान्तिनगरस्थित ओम शान्ति चोकमा गौचनमाथि गोली प्रहार गरी हत्या गरिएको थियो । गौचनमाथि तीन राउण्ड गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएको प्रहरीले जानकारी दिएको छ ।

सुटरले हानेको तीन गोली मध्ये छातीमा एक र पेटमा दुई गोली लागेको थियो । गौचनलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पतालमा नपु¥याइ बाटैमा उनको मृत्यु भएको निजामति अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् । उनको शव यतिवेला सिभिल अस्पतालमै राखिएको छ ।

उनी माथि गोलि प्रहार गरिएको घटना पछि राजधानीमा असुरक्षाको महशुस गरिएको छ । व्यवसायी गौचनको हत्याले समग्र आर्थिक क्षेत्रलाई नै स्तब्ध बनाइदिएको छ ।

हत्याको घटनाको निर्माण व्यवसायी महासंघले भत्र्सना गरिरहेका छन् । अन्य व्यवसायीका छाता संगठनले समेत यो घटनाको भत्र्सना र निन्दा गरिरहेको छन् ।

अहिले ठूलो संख्यामा व्यवसायीहरुले मीनभवन स्थित सिभिल अस्पताल आसपासमा जुलुस निकाले विरोधका नारा लगाइरहेका छन् । व्यवसायीहरुले ‘हत्यारालाई कारवाही गर’, ‘व्यवसायीलाई सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लगाइरहेका छन् । सो आन्दोलनमा निर्माण व्यवसायीका साथै अन्य व्यवसायी र सर्वसाधारणको समेत उपस्थिति रहेको छ ।

व्यवसायीहरुको शान्तिपूर्ण जुलशमाथि प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज समेत गरेको छ । शान्तिपूर्ण विरोध जुलुशमा लाठी चार्ज भएपछि झन व्यवसायीहरु आक्रोशित भएका छन् ।

्अहिले राजधानीमा प्रहरीले सुरक्षा सतर्कता उच्च बनाएको छ । उनीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको एसएसपी दिवेश लोहनीले जानकारी दिनुभयो । राजधानीका चोक गल्लीमा सिभिलमा समेत प्रहरी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

गौचन मुस्ताङको लेतेमा जन्मिएका हुन् । मुस्ताङबाट नै उनले निर्माण व्यवसायको सुरुवात गरेका थिए । गौचनकै कम्पनी डाँफे कन्स्ट्रक्सनले जमलको राष्ट्रिय नाचघर र बबरमहलस्थित काठमाडौं जिल्ला अदालतको नयाँ भवन पनि डाँफे कन्स्ट्रक्सनले नै निर्माण गरेको हो ।

गौचन निर्माण व्यवसायको क्षेत्रमा एक सफल निर्माण व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । उहाँ अहिले सम्म कुनै विवादमा नतानिएको व्यवसायीहरुले बताएका छन् । ठेकेदार व्यवसाय चलखेल र फट्याइँको व्यवसायको रुपमा ट्याग लागे पनि गौचन अहिलेसम्म कुनै ठूलो विवादमा मुछिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij