यही असोज १७ गते एमाले र ती दुई दलबीच भएको सहमतिलाई वाम एकताको सन्दर्भमा ऐतिहासिक घटना भएको भन्दै बैठकले त्यसको कार्यान्वयनमा दृढताका साथ लाग्ने निर्णय गरेको छ ।
बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले आफूहरुको गठबन्धनबाट कुनै पनि शक्ति तर्सनु नपर्ने र वाम एकतालाई अधिनायकवाद वा सर्वसत्तावादको आरोप लगाउन पनि नहुने बताए । “हामी लोकतान्त्रिक निष्ठामा कटिबद्ध छौँ, हाम्रो एकतामा प्रश्न उठाउनेहरुले पनि लोकतान्त्रिक एकता गर्दा हामी स्वागत नै गछौँ ।”
उनले आफूहरु सरकार फेर्ने भन्दा पनि मंसिरको निर्वाचन गराउन केन्द्रित हुने पनि स्पष्ट पारे ।