‘दशैँका कारण होला, त्यहाँ डाक्टरहरु कम थिए, उपचार पनि हुन सकेन,’ तुलसीकी श्रीमती टिका सिग्देलले भनिन्, ‘न्यूरोको डाक्टर नेपालमा कहीँ पनि छैनन्, तुरुन्त सिलिगुढीको नर्थ बङ्गाल न्यूरो हस्पिटल लैजानु भन्यो लाइफ लाइनले ।’ बिरामीलाई सोही दिन सिलिगुढी लगियो । सिलिगुढी पु¥याउनासाथ तुलसीलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरियो । बिरामीका आफन्तलाई डाक्टरले औषधि किन्न लगाइरहे । सिलिगुढी बसाइको केही दिनमै १ लाख ८० हजार भारतीय रुपैयाँ सकियो, सिग्देल परिवारको । तर, बिरामीलाई २० को १९ भएन ।
कमिसनको लोभमा झापामा सञ्चालित अधिकांश हस्पिटलले दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई समेत निकै टाढा पर्ने भारतीय सहर सिलिगुढीतिर पठाइदिने गरेका छन् । स्रोत भन्छ, ‘यसरी बिरामी रेफर गरिदिएवापत् सिलिगुढीको नर्थ बङ्गाल न्यूरोले नेपालका हस्पिटललाई ३० प्रतिशत कमिशन दिन्छ ।’
हस्पिटलले जब हाम्रो पैसा सकियो भन्ने थाहा पायो, नेपालकै कुनै सरकारी हस्पिटलमा लगेर सास रहुञ्जेलसम्म राख्नु भनियो,’ तुलसीकी श्रीमती टिकाले सुनाइन् । उनका अनुसार सिलिगुढीमा नेपाली बिरामीलाई राम्रो व्यवहार गरिँदैन । सिलिगुढीको नर्थ बङ्गाल न्यूरो हस्पिटलबाट एउटा पनि बिरामी निको भएर फर्किएको आफूले नदेखेको उनले बताइन् ।
कमिसनको लोभमा झापामा सञ्चालित अधिकांश हस्पिटलले दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई समेत निकै टाढा पर्ने भारतीय सहर सिलिगुढीतिर पठाइदिने गरेका छन् । स्रोत भन्छ, ‘यसरी बिरामी रेफर गरिदिएवापत् सिलिगुढीको नर्थ बङ्गाल न्यूरोले नेपालका हस्पिटललाई ३० प्रतिशत कमिशन दिन्छ ।’ केही एम्बुलेन्स चालकहरु समेत कमिसनको लोभमा फसेको स्रोतको दाबी छ ।
पैसा सकिएको थाहा पाएर सिलिगुढीको नर्थ बङ्गालले नेपाल फर्काइदिएपछि टिकाले हाल आफ्नो श्रीमानलाई बिर्तामोडको बी एण्ड सी हस्पिटलमा राखेकी छिन् । ‘यहीँ यती सुविधासम्पन्न हस्पिटल रहेछ । तर, लाइफ लाइनले हामीलाई सिलिगुढी पठाएर कहिल्यै नबिर्सिने चोट दियो,’ उनले भनिन् ।

मोटरसाइकलको पछाडि बसेकी बिर्तामोड–२ की ४७ वर्षीया देवीमाया विक असोज १० गते कन्काई नगरपालिकास्थित बिरिङ खोलाको पुलमा दुर्घटनामा परिन् । उनको पनि टाउकोमा चोट लाग्यो । मोटरसाइकल चालकले उनलाई बिर्तामोडको बिर्तासिटी हस्पिटल पु¥याए । ‘बिर्तासिटीले हामीलाई सिलिगुढी पठायो,’ देवीमायाका भाइ राजकुमार दर्नालले भने, ‘बी एण्ड सीमा पनि डाक्टर छैन भनेर ढाँट्यो बिर्तासिटीले ।’
१० गते नै देवीमायालाई सिलिगुडीको नर्थ बङ्गल लगेर भेन्टिलेटरमा भर्ना गरियो । ८ दिनसम्म राख्दा पनि कुनै सुधार भएन । बिरामीका भाइ राजकुमारका अनुसार त्यहाँका २ जना डाक्टरले २ खालका कुरा गर्न थालेपछि देवीमायालाई नेपाल फर्काइयो । ८ दिनमा २ लाख ६० हजार भारतीय रुपैयाँ खर्च भएको उनले बताए । हाल देवीमायालाई बिर्तामोड ल्याएर बी एण्ड सी हस्पिटलमा राखिएको छ । उनी जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेलकी दिदी हुन् ।
सिलिगुढीका डाक्टरले बिरामीको मृत्यु भएको ३६ घण्टासम्म हस्पिटलमै राखेर ‘अब नेपालकै हस्पिटलमा लानु’ भन्दै नेपाल पठाएको समेत पाइएको छ । गाइघाटका २४ वर्षीय राजन मगरको उपचारमा ३ लाख ४० हजार रुपैयाँ सकियो । आफन्तले झापा पस्नेबित्तिकै बी एण्ड सी ल्याए । तर, बी एण्ड सीका डाक्टरले ३६ घण्टा पहिल्यै बिरामीको मृत्यु भइसकेको बताएपछि आफन्तहरु तर्सिए ।
बिरामी बाच्ने सम्भावना सकिएपछि सिलिगुढीका अस्पतालले नेपाल लैजाने सल्लाह दिन्छन् । तर, झापाकै अन्य हस्पिटलले ‘जटिल केश’ आइसक्दा कमिसनको लोभमा बिरामीलाई भारत पठाइदिन्छन् । सिलिगुढीका डाक्टरले बिरामीको मृत्यु भएको ३६ घण्टासम्म हस्पिटलमै राखेर ‘अब नेपालकै हस्पिटलमा लानु’ भन्दै नेपाल पठाएको समेत पाइएको छ ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । झापाको बिर्तामोडमा सुविधासम्पन्न बी एण्ड सी हस्पिटल खुलेको ३ वर्ष भयो । बी एण्ड सीले न्यूरो सर्जरीमा ठूल्ठूला सफलता पनि पाएको छ । तर, मेची अञ्चलकै सुविधासम्पन्न मानिएको यस हस्पिटलमा छेउछाउका अन्य हस्पिटलले बिरामी रेफर गर्दैनन् । जसका कारण बिरामीहरुले अकालमा ज्यान गुमाइरहेका छन् ।
सिलिगुढी रेफर गरिएका बिरामीहरु खर्च सकिएपछि बी एण्ड सी आउने क्रम बढेको छ । बिरामी बाच्ने सम्भावना सकिएपछि सिलिगुढीका अस्पतालले नेपाल लैजाने सल्लाह दिन्छन् । तर, झापाकै अन्य हस्पिटलले ‘जटिल केश’ आइसक्दा कमिसनको लोभमा बिरामीलाई भारत पठाइदिन्छन् ।
‘दुर्घटना भएको १० मिनेटभित्रै बिरामीलाई नजिकैको हस्पिटल पु¥याइएको हुन्छ,’ बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईं भन्छन्, ‘ती हस्पिटलले भारत रेफर नगरेर यहाँ (बी एण्ड सीमा) पठाइदिने हो भने बिरामीको ज्यान बाच्न सक्थ्यो ।’ बी एण्ड सी हस्पिटलले दशैँका समयमा पनि ओपीडी तथा इमर्जेन्सी वार्ड २४ घण्टै खुल्ला राखेको उनले बताए ।
हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार दशैँको सप्तमीदेखि दशमीसम्ममा दुर्घटनामा परेर मात्रै १ सय २७ जना बिरामी बी एण्ड सी हस्पिटलको इमर्जेन्सीमा भर्ना भएका थिए । हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले केही वर्षदेखि हस्पिटलमै दशैँ मनाउँदै आएका छन् । यसपटक पनि उनले हस्पिटलका सम्पूर्ण बिरामी तथा तिनका आफन्तलाई टिका लगाइदिँदाको क्षण निकै भावुक बनेको थियो । ‘टिका लगाइदिँदा बिरामीहरुले मलाई अँगालो हालेर रोए,’ उनले भने, ‘मैले पनि आँसु थाम्नै सकिनँ ।’ नयाँ पत्रिकाबाट