३ असोज, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले कात्तिक ७ गते ३१ औं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले राष्ट्रिय सभा गृह प्रदशनी मार्गमा विहान १० बजे साधारणसभा आह्वान गरेको हो । बैंकले सभामा गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिने विषेश प्रस्ताव गर्ने भएको छ ।
बैंकले साधारणसभाका लागि असोज १८ गते बुक क्लोज मिति तोकेको छ । यसआधारमा, बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभांश असोज १७ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।
त्यस्तै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ ।
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ११ करोड ४१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । इन्भेष्टमेन्टको शेयर पुँजी १० अर्ब ६२ करोड ६४ लाख ३५ हजार रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ६८ पैसा छ । बैंकको शेयर धितोपत्रको दोस्रो बजारमा सोमबार प्रतिकित्ता ७६१ रुपैयाँमा कारोबार भएको छ ।