२०८३ साउन ९ शनिबार

एनआईसी एशियाको २० प्रतिशत बोनस पारित, अध्यक्षमा अग्रवाल निर्वाचित

ई आर्थिक    आइतबार, असोज १ २०७४
2.9K
Shares
एनआईसी एशियाको २० प्रतिशत बोनस पारित, अध्यक्षमा अग्रवाल निर्वाचित

१ असोज, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २१.०५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको २०औं वार्षिक साधारणसभाले २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपैयाँ बोनस शेयर र कर प्रयोजनका लागि १.०५ अर्थात् ७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले संस्थापक शेयरधनीबाट अध्यक्षमा तुलसीराम अग्रवाल रहने गरि बााकी सदस्यहरुलाई सर्वसम्मतले चयन गरेको छ । सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल, र रामचन्द्र संघईलाई चयन गरेको हो ।

त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाल पनि सर्वसम्मतीमा सञ्चालकमा निर्वाचित भएका छन् । यस अघि बैंकको ३ सय २० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेश मानश्रेष्ठलाई नियुक्त गरेको थियो ।

साथै, साधारण सभापश्चात् बसेको नव निर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्वसम्मतीले चयन गरेको छ ।

बैंकले हालकरिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ ग्राहकलाई १ सय २५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij