२०८३ साउन १० आइतबार

जेबिल्स फाइनान्सको शतप्रतिशत हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?

ई आर्थिक    आइतबार, असोज १ २०७४
2.5K
Shares
जेबिल्स फाइनान्सको शतप्रतिशत हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?

१ असोज, काठमाडौं । जेबिल्स फाइनान्सको आइतबार (आज)देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुलेको छ ।

जेबिल्सले १ः१ को अनुपातमा (१ कित्ता शेयर बराबर थप १ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ८९ हजार ५६२.५० कित्ता शेयर बिक्री खुला गरेको हो ।

यो हकप्रद शेयर भदौ १२ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कात्तिक ५ गतेसम्म आवेदन दिन सक्नेछन् । जेबिल्सको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं र जेबिल्स फाइनान्सको मुख्य कार्यालय न्यूरोड काठमाडौबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, सनराइज बैंकका विराटनगर, पोखरा, वीरगंज, बुटवल र नारायणगढ शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ ।

हाल जेबिल्सको चुक्ता पुँजी २८ करोड ८९ लाख ५६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने जेबिल्सको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ६२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij