२०८३ साउन १२ मंगलबार

उड्डयनका महानिर्देशकलाई हटाउने चलखेल : आङ छिरिङको जग्गा नकिन्दा स्पष्टीकरण

ई आर्थिक    शनिबार, भाद्र ३१ २०७४
2.2K
Shares
उड्डयनका महानिर्देशकलाई हटाउने चलखेल : आङ छिरिङको जग्गा नकिन्दा स्पष्टीकरण

३१ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महमानिर्देशक सञ्जीव गौतमलाई स्पस्टीकरण सोधिएको खुलेको छ ।

प्राधिकरणको चालू आर्थिक बर्षको बजेटमा यती इनकर्पोरेट कम्पनीको नाममा रहेको करिब सात बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ ।

विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ ।

गत आइतबार ५ बजे प्राधिकणको करिब ४३ अर्ब रुपैयाँको बजेट पारित गर्न सञ्चालक समितिको बैठक बस्ने तय भएको थियो ।

सञ्चालक समितिको सदस्यसमेत रहेका मन्त्रालयका महासचिव सुरेश आचार्य बैठकमा उपस्थित नभएपछि कोरम नपुगि बैठक बस्न सकेन ।

स्रोतका अनुसार यती कार्पेटका मालिक आङछिरिङ शेर्पाका नाममा रहेको उक्त जग्गा किन्ने रकम बजेटमा नपरेपछि महासचिव आचार्य बैठकमा सहभागी नभएको र पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई बाटोबाटै फर्काइएको थियो ।

उक्त जग्गा किन्न ३ अर्बभन्दा माथि लाग्ने अनुमान छ । आजको नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij