२०८३ साउन ९ शनिबार

उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत : सात अर्ब गुमाउँदै सरकार

ई आर्थिक    शुक्रबार, भाद्र ३० २०७४
2.4K
Shares
उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत : सात अर्ब गुमाउँदै सरकार

३० भदौ, काठमाडौं । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उद्धेश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिव सात अर्ब रूपैयाँ घाटा हुन सक्ने देखिएको छ ।

गौतमलाई सोधिएको स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का विवादमा सिंगापुरमा चलिरहेको मुद्दाको आर्बिट्रेसनमा पराजित हुने सम्भावना बढेकाो छ। र, त्यस्तो भएमा नेपाल सरकारलाई करिब सात अर्ब रुपैयाँ घाटा पर्नेछ।

मन्त्री देवले गौतमलाई स्पष्टिकरण सोधेर त्रिभिवन विमानस्थल विस्तारको ठेक्का रद्द भइसकेको स्पेनिस कम्पनीलाई मुद्दा जित्न सजिलो पारिदिएका छन्। जबकि यसअघि काठमाडौं जिल्ला अदालत र उच्च अदालत मात्र होइन स्पेनको अदालतमा हालेको मुद्दामा पनि नेपाल उड्यान प्राधिकरणले जितेको थियो। तर यो मुद्दा सिंगापुरमासमेत चलिरहेको छ। अाजकाे नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij