२३ भदौ, काठमाडौं । यातायात व्यवसायीले अनावश्यक माग राख्दै पूर्वसहमति विपरीत दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न आनाकानी गरेका छन् ।
विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएकाव्यवसायीको सरकारसँग ‘बार्गेनिङ’ नमिलेपछि दशैंका लागि अग्रिम ‘टिकट बुकिङ’ खुल्न सकेको छैन ।
सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी र यातायात व्यवसायीबीचको सर्वपक्षीय सहमति तोड्दै उनीहरुले बिहीबारदेखि सुरु गर्ने भनिएको अग्रिम बुकिङ नखोलेका हुन् ।
व्यवसायीले बुकिङ नखुलाएपछि विभिन्न टिकट लिन पुगेका यात्रु निराश भएर फर्केका छन् ।
यातायात व्यवस्था विभागका एक अधिकारी भने व्यवसायीले अग्रिम टिकट बुकिङ नखोले यात्रुको समस्यालाई मध्यनजर गर्दै त्यसको विकल्प दिन सरकार तयार रहेको बताउछन् ।
व्यवसायीका पाँच माग यस्ता छन् ।
-भाडा समायोजन हुनुपर्ने ।
-साविकका १४ वटै अञ्चलमा लामो दूरीका सवारी साधनको जाँचपास हुनुपर्ने ।
-सवारी साधनको छतमा सामान बोक्न पाउनुपर्ने ।
-सडकको भौतिक संरचनामा सुधार गर्नुपर्ने
-सडकमा उद्धार उपकरण (रेस्क्यु मेसिन) राख्नुपर्ने ।