२०८३ साउन ९ शनिबार

सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस शेयर दिने

ई आर्थिक    सोमबार, भाद्र १९ २०७४
5.2K
Shares
सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस शेयर दिने

१९ भदौ, काठमाडौं । सानिमा बैंकले गतबर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३० करोड एक लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालक समितिको निर्णयलाई आगामी नेपाल राष्ट्र बैंक र वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र बोनस पाइनेछ । बैंकले कर तिर्न नगद लाभांश भने दिएको छैन ।जसले गर्दा शेयरधनीले बोनसमा लाग्ने कर आफैले तिर्नुपर्ने भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ छ । बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । सानिमाको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३२ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij