२०८३ साउन ९ शनिबार

नागरिक लगानी कोषको २१ प्रतिशत बोनस पारित, संचालकमा दुई जना निर्वाचित

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
5.6K
Shares
नागरिक लगानी कोषको २१ प्रतिशत बोनस पारित, संचालकमा दुई जना निर्वाचित

काठमाडौं । नागरिक लगानी कोषको २१ औं साधारणसभाले आफ्ना शेयरधनीहरुलाई २१.८५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांस दिने भएको छ ।

आ.ब २०७१र७२ मा कोषले ४८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिसत बढि हो । आम्दानीमा कुल खर्च,कर अघिको नाफा र आयकर कटाएपछिको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपैया रहेको छ ।

सभाले कोषमा नयाँ संचालकहरु चयन गरेको छ । सर्वसाधरण शेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य बित्तिय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । निर्वाचित संचालकको अवधि ५ बर्ष रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij