२०८३ साउन ९ शनिबार

काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद खुल्यो, यी ठाउँबाट दिनुस आवेदन

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
1.8K
Shares
काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद खुल्यो, यी ठाउँबाट दिनुस आवेदन

१८ भदौ, काठमाडौं । काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ ।

बैंकले आइतबार (आज) देखि २ः१ अनुपातमा १०० रुपैयाँ दरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । यसमा साउन १८ गतेसम्म कायम शेयरधनीले मात्र असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन्।

बैंकको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नाचघर जमल तथा ग्लोबल आइएमई बैंकको वीरगंज, इटहरी, जनकपुर, नारायणघाट, पोखरा, नेपालगंज र बुटवल शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, काबेली विकास बैंकको धनकुटा स्थित रजिष्टर्ड कार्यालय तथा धनकुटा जिल्लाकै हिले, बुधबारे, राजारानी र सिधुवा शाखाबाट पनि आवेदन दिन पाइनेछ ।

हाल काबेलीको चुक्ता पुँजी ७ करोड १ लाख ७६ हजार रुपैयाँ छ । हकप्रदको बिक्रीपछि बैंकको चुक्ता पुँजी १० करोड ५२ लाख ६४ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले २ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij