१६ भदौ, काठमाडौं । नेपाल ग्रामिण बिकास बैंकले भदौं २७ गतेबाट ९ करोड ७५ लाखको साधरण शेयर (एफपीओ) निष्कासन गर्ने भएको छ ।
बैंकले प्रतिकित्ता एक सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । बैंकको शेयर चाँडोमा भदौं ३० गते र असोज १० गतेसम्म खुला रहनेछ ।
बैंकले एफपिओमा प्रिमियम कायम गर्ने प्रावधान पुरा गर्न नसकेकोले आइपिओको मूल्यमा एफपिओ जारी गर्न लागेको हो ।
बैंकको शेयरमा न्यूनतम ५० कित्ता र अधिकत्तम ४ हजार ८ सय ७० कित्तासम्म आवेदन दिन सकिनेछ ।
बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । साथै नेपाल ग्रामीण विकास बैंकको केन्द्रिय कार्यालय बुटवलबाट आवेनद दिन सकिनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू.५५ करोड ७५ लाख रहेको छ । एफपिओ निष्कासन तथा बाँडफाँट पछि रू.६५ करोड ५० लाख पुग्नेछ । बैंकको सेयरले इक्रा नेपालबाट ग्रेड फोर रेटिङ पाएको छ ।