२०८३ साउन ९ शनिबार

एनआइसी एसियाको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

ई आर्थिक    बिहिबार, भाद्र १५ २०७४
3.9K
Shares
एनआइसी एसियाको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

१५ भदौ, काठमाडौं । एनआइसी एसिया बैंकको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बिहीबार (आज) अन्तिम दिन हो ।

बैंकले भदौ ३० गते वार्षिक साधारण सभा गर्न शुक्रबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । सो साधारण सभाबाट बैंकले २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५ नगद लाभांश दिने प्रस्ताव लाने भएको छ ।

बुक क्लोज हुनुभन्दा अघि कायम शेयरधनीलेमात्र लाभांश पाउनेछन् भने नयाँ लगानीकर्ताले बिहीबार नै एनआइसीको शेयर किनेर शेयरधनी बनिसक्नुपर्नेछ । हाल कायम शेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् ।

बैंकले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी, चुक्ता पुँजी र जारी पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पेस गर्नेछ ।

त्यस्तै, सभाबाट सञ्चालकहरुको भत्ता, पारिश्रमिक र सुविधा वृद्धि गर्ने विशेष प्रस्ताव जानेछ ।

चुक्ता पुँजी ६ अर्व ६९ करोड २५ लाख ९७ हजार रुपियाँ रहेको बैंकको बोनसपछि चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपियाँ ११ लाख १६ हजार पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij