२०८३ साउन ९ शनिबार

वैदेशिक रोजगारीका लागि दुबई गएका दम्पतिको रहस्यमय मृत्युपछि परिवार शोकमा

ई आर्थिक    बुधबार, भाद्र १४ २०७४
3.4K
Shares
वैदेशिक रोजगारीका लागि दुबई गएका दम्पतिको रहस्यमय मृत्युपछि परिवार शोकमा

१४ भदौ, रत्ननगर (चितवन) । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका परशुराम सापकोटा दम्पतीको रहस्यमय मृत्युपछि परिवार शोकमा डुबेको छ ।

अकस्मात् छोरा बुहारीको निधनले उनकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवारजन शोकमा परेका छन् ।

“शुरुमा खबर आउँदा नचाहिने कुरा बोल्यो भन्ने भो,” बुबा मोती सापकोटाले भन्नुभयो, “आखिर नहुनुपर्ने घटना भएकै रहेछ ।” उहाँका अनुसार छोरा ३६ वर्षका परशुराम सापकोटा दुई वर्षअघि रोजगारीका लागि कुक हेल्परमा दुबई गएका थिए ।

उनकी श्रीमती कल्पना सापकोटा तीन वर्षअघि दुबई काम गर्न गएकी थिइन् । कल्पनाले नै परशुरामको भिसाको व्यवस्था गरिदिएको जनाइएको छ ।

आफ्नै कोठामा शनिबार दम्पतीनै मृतावस्थामा फेला परेको जानकारी आएको बुबा मोती सापकोटा बताउनुहुन्छ । घटनाको कारण भने खुलेको छैन ।

प्राप्त जानकारीअनुसार परशुराम झुण्डिएको अवस्थामा फेला परेका छन् । कल्पना भने घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला पारिएको जनाइएको छ । उनीहरुका यहाँ १० र १४ वर्षका दुई छोरा रहेको परिवारले जनाएको छ । हालसम्म उनीहरुको शव नेपाल ल्याइएको छैन ।

राप्तीले बगाएर महिलाको मृत्यु

यसैबीच, चितवनको राप्ती नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । मंगलबार नदी तर्नेक्रममा बगाएर राप्ती नगरपालिका–१ दुवीचौरकी ३० वर्षीया कल्पना प्रजाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

खोला तर्नेक्रममा एक्कासि बगेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij