२०८३ साउन ९ शनिबार

चिठ्ठामा रेकर्ड ब्रेक : यी महिलाले जितिन् अहिलेसम्मकै सबैभन्दा ठूलाे ८० अर्बको धनराशी (भिडियो सहित)

ई आर्थिक    सोमबार, भाद्र १२ २०७४
4.8K
Shares
चिठ्ठामा रेकर्ड ब्रेक : यी महिलाले जितिन् अहिलेसम्मकै सबैभन्दा ठूलाे ८० अर्बको धनराशी (भिडियो सहित)

१२ भदौ, एजेन्सी । हालै एक अमेरिकी महिलाले चिठ्ठाबाट अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशीको पुरस्कार जितेकी छन् । जुन समाचार अहिले विश्वभर भाईरल बनेको छ।

सुन्दै अचम्म लाग्ने उनले नेपाली रुपैयाँ ८० अर्ब चिठ्ठा जितेर संसारकै सबैभन्दा धेरै रकम चिठ्ठामा पाउने महिला बनेकी छन् ।

बुधबार संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा भएको यो घोषणाले एकपटक विश्वलाई तरङ्गित बनायो । घोषणासँगै विश्वभर एकजना महिलाको कथा उतार्न सञ्चार माध्यमले जोडतोड लगाए । उत्तर अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो र व्यक्तिगत रुपमा विश्वकै सबैभन्दा धेरै धनराशीको चिठ्ठा हात पार्ने भाग्यमानी तीनै मेभिस केहि दिनयता निकै चर्चित छिन् ।

५० वर्षीया माविस वांकजिक दुई सन्तानकी आमा हुन् । उनले म्यासाचुसेट्सको शिकोपीमा एउटा पेट्रोल पम्पमा उक्त टिकट किनेकी थिइन् । चिठ्ठा जितेकी माविसले संचार माध्यमलाई आफूले जागिर छाडेको बताइन् । उनको लक्क नम्बर ६,७,१६,२३,२६ र ४ थियो ।

powerball-jackpot-winner

यसअघि जनवरी २०१६ मा अमेरिकाको पावरबेल ज्याकपटमा १.६ बिलियन डलरको चिठ्ठा निस्केको थियो। यो रकम तीन टिकट होल्डर्समा वितरण भएको थियो।

म्यासाचुसेट्स स्टेट लटरीले बुधबार राति टिकटको ड्र सार्वजनिक गरेको हो । चिठ्ठा जितेपछि माविसले भनिन्–पहिलो काम म जे गर्न चाहन्छु त्यो हो घर बनाउनु र आराम गर्नु । मेरो यो सपना थियो जुन अहिले पूरा भयो ।’

उनले आफूले आफन्तको जन्मदिनको आधारमा टिकटको नम्बर चुनेको बताइन् । माविसले भनिन्–मैले ३२ वर्षसम्म मेडिकल सेन्टरमा काम गरेँ । अब म काममा आउने छैन । अब म ओछ्यानमै बस्नेछु। उनले आफ्नो आगामी योजना बताउँदै भनिन्, मैले गत वर्ष मात्र कार किनेकी थिएँ अब म त्यसको सबै रकम चुक्ता गर्नेछु ।

winner2

यो ज्याकपट एकल टिकटमा अहिलेसम्मकै सबैभन्दा धेरै राशीको हो । यसअघि सन् २०१६ को जनवरीमा तीन जनाले करिब एक अर्ब ६० करोड डलर रुपियाँको ज्याक्पट जितेका थिए । मेभिसले पाँच ओटा टिकट खरिद गरेकी थिइन् । जसमध्य दुई ओटा कम्प्युटरले सीर्जना गरेका थिए भने दुई ओटा नम्बर उनी आफैले रोजेकी थिइन् । जुन् टिकटबाट उनले जित हासिल गरिन् त्यसमा उनको परिवारको जन्ममिती सहितको अङ्क रहेकाे उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij