२०८३ साउन ९ शनिबार

ङादी ग्रुप पावरले दिने भयो १० प्रतिशत बोनस, त्यसपछि ३० प्रतिशत हकप्रद

ई आर्थिक    सोमबार, भाद्र १२ २०७४
4.1K
Shares
ङादी ग्रुप पावरले दिने भयो १० प्रतिशत बोनस, त्यसपछि ३० प्रतिशत हकप्रद

१२ भदौ, काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले बोनस र हकप्रद दिने भएको छ ।

कम्पनीले १० प्रतिशत बोनस दिएपछि कायम हुने चुक्ता पुँजीमा फेरि ३० प्रतिशत हकप्रद पनि जारी गर्ने भएको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । सोही बैठकले बोनस दिइसकेपछि कायम हुने चुक्ता पुँजीबाट ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय पनि गरेको हो ।

सञ्चालक समितिको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कर्यान्वयनमा आउनेछ ।

कम्पनीको चुक्ता पूँजी ४८ करोड ६८ लाख ६८ हजार रुपैयाँ रहेको छ । दश प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५३ करोड रुपैयाँ पुग्नेछ ।

लमजुङ जिल्लामा ५ मेगावाटको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको कुल चुक्ता पूँजीको १० प्रतिशत लमजुङका स्थानीय बासीन्दा र सर्वसाधरण लगानीकर्तालाई २० प्रतिशत शेयर बेचेको थियो ।

कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij