२०८३ साउन १० आइतबार

एकै दिन पाँच वटा कम्पनीको हकप्रद र बोनसमा मूल्य समायोजन, कुन हुन ती कम्पनी ?

ई आर्थिक    शुक्रबार, भाद्र ९ २०७४
3.6K
Shares
एकै दिन पाँच वटा कम्पनीको हकप्रद र बोनसमा मूल्य समायोजन, कुन हुन ती कम्पनी ?

९ भदौ, काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले शुक्रबार एकै दिन पाँच वटा कम्पनीको बोनस र हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले सूर्या लाइफ इन्सुरेन्स, किसान माइक्रोफाइनान्स र अरुण भ्याली हाइड्रोपावरको बोनस शेयरको भाउ समायोजन गरेको हो । यसैगरी, समिट माइक्रोफाइनान्स र सिन्धु विकास बैंकको हकप्रदमा मूल्य समायोजन गरिएको छ ।

नेप्सेका अनुुसार सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिसत बोनस समायोजन गरी प्रतिकित्ता शेयर मुल्य एक हजार ६८ रुपैयाँ तोकेको छ । पछिल्लो पटक ११ सय ७५ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता शेयर कारोवार भएको कम्पनीको बोनस शेयर समायोजनको लागि एक हजार ४१ रुपैयाँलाई आधार मुल्य मानेको थियो ।

किसान माईक्रो फाईनान्सले पनि आज २४ दसमलव २२ प्रतिसत हकप्रदको मुल्य समायोजन गरी २५ सय ९६ रुपैयाँलाई प्रतिकित्ता शेयरको आधार मुल्य तोकेको छ । नेप्सेका अनुसार उक्त कम्पनीले १८ सय ७७ रुपैयाँलाई प्रतिकित्ता शेयरको आधार मुल्य तोकेको थियो ।

अरुण भ्याली हाईड्रो पावर कम्पनीले पनि १० प्रतिसत बोनस समायोजन गरी दुुई सय ४४ रुपैयाँलाई प्रतिकित्ता शेयर मुल्य तोकेको छ । यसको लागि कम्पनीले प्रतिकित्ता तीन सय १४ रुपैयाँलाई आधार मुल्य तोकेको छ ।

यसैगरी सोही दिन समिट माईक्रो फाईनान्स डेभलपमेन्ट बैकले पनि एक सय प्रतिसत हकप्रद शेयर समायोजन गरी १९ सय पाँच रुपैयाँलाई प्रतिकित्ता शेयर मुल्य तोकेको छ । यसको लागि कम्पनीले १७ सय ७६ रुपैयाँलाई आधार मुल्य तोकेको छ ।

क्षेत्रियस्तरको सिन्धुु बिकास बैकले पनि ८० प्रतिसत हकप्रद शेयर समायोजन गरी प्रतिकित्ता शेयर मुल्य दुुई सय २२ रुपैयाँ तोकेको छ । यसको लागि बैकले दुुई सय ८८ रुपैयाँलाई प्रतिकित्ता शेयरको आधार मुल्य तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij