२०८३ साउन ९ शनिबार

लाखौं घरेलु कामदार लाभान्वित हुने गरी कतारले ल्यायो छुट्टै ‘नयाँ कानुन’, नयाँ कानुनमा घरेलु कामदारलाई के-के छन् सुविधा?

ई आर्थिक    शुक्रबार, भाद्र ९ २०७४
3.8K
Shares
लाखौं घरेलु कामदार लाभान्वित हुने गरी कतारले ल्यायो छुट्टै ‘नयाँ कानुन’, नयाँ कानुनमा घरेलु कामदारलाई के-के छन् सुविधा?

९ भदौ, मस्कट (ओमन) । कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ ।

नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको छ ।

कतारका अमिर सेख तमिम विन हमाद अल–थानीले मंगलबार ‘घरेलु कामदारको कानुन नम्बर १५–२०१७’ लालमोहर लगाई जारी गरेका हुन्। यो कानुनले घरेलु कामदारका रुपमा पुरुष र महिला दुवैलाई सम्बोधन गरेको छ। यसले विश्वभरका लाखौं घरेलु कामदार लाभान्वित हुने भएका छन् ।

घरेलु कामदारलाई श्रम कानुन नलाग्ने भएकोले यो छुट्टै कानुन ल्याइएको हो ।

नयाँ कानुनमा घरेलु कामदारलाई,

-वर्षमा तीन साताको उपदान दिनुपर्ने
-सातामा एक दिन बिदा दिनुपर्ने
-बिदामा काममा लगाउन नपाउने
-बस्ने सुरक्षित आवास दिनुपर्ने
-महिना समाप्त भएको तीन दिनभित्र बैंकबाट तलव दिनुपर्ने वा
-तलव दिएको रसिद दिनुपर्ने
-कामदारलाई राम्रो व्यवहार गर्नुपर्ने
-लत्ताकपडा र औषधिउपचारको सुविधा दिनुपर्ने उल्लेख छ।

नयाँ कानुनले घरेलु कामदारको हातमा करारपत्र दिनुपर्ने व्यवस्था गरेको छ ।

नयाँ कानुन जारी भएपछि,

-उँटको हेरचाह गर्ने
-खेतीकिसानी गर्ने
-घरको ड्राइभर
-घरमा खाना पकाउने र हेरालीलगायत
बगैँचामा काम गर्ने नेपालीसहित विदेशी कामदार लाभान्वित हुने भएका छन्।

यी क्षेत्रमा हाल कम्तीमा ५० हजार नेपाली कार्यरत छन् । आजको कान्तिपुर दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij