७ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकको १२ प्रतिशत हकप्रद शेयर भर्ने बुधबार (आज) अन्तिम दिन हो ।
कार्यालय समयसम्म यो हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले साउन ५ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यको १०ः१.२ को अनुपातमा ७९ लाख १८ हजार ४४० कित्ता शेयर बिक्री खुला गरेको हो ।
हकप्रद शेयरमा जेठ १५ गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेड रहेको छ । एनएमबी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हकप्रदमा आवेदन दिन सकिनेछ । यसैगरी, माछापुच्छ्रे बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन पाउने व्यवस्था छ ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने माछाको चुक्ता पुँजी ७ अर्ब ३९ करोड ५ लाख ४४ हजार रुपैयाँ हुनेछ ।