२०८३ साउन १२ मंगलबार

बैंकलाई १५ करोड नोक्सान पुर्याएको आरोपमा ११ जना पक्राउ, को-को परे ?

ई आर्थिक    सोमबार, भाद्र ५ २०७४
2.8K
Shares
बैंकलाई १५ करोड नोक्सान पुर्याएको आरोपमा ११ जना पक्राउ, को-को परे ?

५ भदौ,  इटहरी। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बैंकिङ कसुर गरी नेपाल बैंक लिमिटेडको धरान शाखालाई १५ करोड ५१ लाख रुपैयाँभन्दा धेरै नोक्सान पुर्याएको आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।

नक्कलीदेखि कम तौलका सुन बैंकमा धितो राखी ऋण लिएर ठगेको बैंकले पत्ता लगाएपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा त्रानेन्द्र पुरकुटी, सन्जित रसाइली, माधव रिसाल, सन्तोष रसाइली, सुनील विक, लालबहादुर विक, नेपाल बैंक लिमिटेडका निलम्बित खचान्जी होमबहादुर भट्टराई, तत्कालिन सहायक प्रबन्धकद्धय रामकिशोर मेहता र शंकर न्यौपाने, कर्मचारी सानुबाबु श्रेष्ठ र विराटनगर शाखाका प्रबन्धक पुष्पराज घिमिरे छन् । आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij