३२ साउन, काठमाडौं। आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ ।
कम्पनीले उक्त आइपिओ बिक्रीकालागी एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।
शेयर निष्कासन सम्बन्धि सम्झौतामा मंगलवार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरे ।
विगत २ वर्ष देखि सो संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा दिदै आएको आरम्भ माइक्रो माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको छ ।