२०८३ साउन ९ शनिबार

पोखरामा सेनाको ब्यारेकभित्र गोली चल्यो, सैनिकले आफ्नै सहकर्मीमाथि गोली हाने

ई आर्थिक    मंगलबार, साउन ३१ २०७४
1.7K
Shares
पोखरामा सेनाको ब्यारेकभित्र गोली चल्यो, सैनिकले आफ्नै सहकर्मीमाथि गोली हाने

३१ साउन, काठमाडौं । पोखरामा नेपाली सेनाकै ब्यारेकभित्र गोली चलेको छ ।

ब्यारेकभित्र एक सैनिकले आफ्नै सहकर्मी माथि गोली हानेर हत्या गरेका हुन् ।

फेवाताल किनारमा रहेको पोखरा सिद्धीबक्स गणको रत्न मन्दिरको सुरक्षार्थ खटिएका सैनिकले आज विहान ५ बजेतिर सुतिरहेका आफ्नै सहकर्मीलाई सात राउण्ड गोली हानेर हत्या गरेका हुन् । दार्चुला घर भई प्यूठ पदमा गणमा कार्यरत वसन्त लोहारले बैतडी घर भएका सहकर्मी गणेश विष्टको हत्या गरेका हुन् ।

घरायासी विवादका कारण घट्ना घटेको प्रहरीको अनुमान छ । ड्यूटीका बारेमा कुनै विवाद नरहेकाले घरायासी विवादकै कारण घट्ना घटेको हुनसक्ने वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक वसन्त शर्माले जानकारी दिए ।

मृतक विष्टको शरीरमा गोली लागेको बताइए पनि कुन भागमा लागेको हो भन्ने बारेमा खुलेको छैन । ‘घट्ना घटेको हो, थप अनुसन्धान भइरहेको छ’, कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले भने ।

मृतक विष्टको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ भने गोली प्रहार गर्ने लोहार आर्मीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij