२०८३ साउन ९ शनिबार

खाडीमा कार्यरत नेपाली महिला घर जानबाट बञ्चित, भन्छन्-‘सरकारी नीति केटाकेटी खेलेजस्तो’

ई आर्थिक    सोमबार, साउन ३० २०७४
4.1K
Shares
खाडीमा कार्यरत नेपाली महिला घर जानबाट बञ्चित, भन्छन्-‘सरकारी नीति केटाकेटी खेलेजस्तो’

३० साउन, ओमन । खाडीबाट बिदामा गएका घरेलु कामदारलाई फर्केर आउन नेपाल सरकारले रोकेपछि चितवनकी सपना घले घर गएकी छैनन् ।

२० बर्षदेखि खाडीमा हाउसमेडका रुपमा कार्यत घलेले घरमालिकबाट बिदा पाए पनि गइनन् ।

‘हरेक दुइृ दुई बर्षको अन्तरालमा नेपाल जान्थें, एक दुइृ महिना परिवारसँग बसेर फर्कन्थेँ । हामीलाई त आफ्नै सरकारले घर जान पनि रोकिदियो’ उनले भनिन्, ‘आफ्नै सरकारले पो मानसिक तनाव दिएको छ ।’

१३ बर्षदेखि ओमनमा कार्यरत लमजुङकी मधु गुरुङ सरकारले लिएको नीति हचुवा र केटाकेटी खेलेजस्तो गैरजिम्मेवार भएको ठान्छिन् ।

‘यातना दिने, तलब नदिने र शोषण गर्ने त्यही घरमा फेरि फर्किदैनन् भन्ने खाडीमा जो कोहीले बुझेका छन् । मैले तीन पटक श्रम स्वीकृति लिएर एउटै घरमा काम गर्न आएकी छु, उनले भनिन् म त्यही घरमा काम गर्न जान्छु भनदा किन नपाउने ?’
आजको कान्तिपुर दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij